
गोरखा । गोरखामा एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । ३ दिनअघि गोरखा अस्पतालमा भर्ना भएकी एक महिलाकाे आज दिउँसाे मृत्यु भएकाे हाे ।
पालुङ्गटार २ काे खाेप्लाङ्ग घर भइ हाल गोरखा सदरमुकामकाे हरमटारी क्षेत्रमा बसाेबास गर्दै आएकी ६९ बर्षकी महिलाकाे अस्पतालबाट घर पुर्याउने बित्तिकै ज्यान गएकाे बताइएकाे छ ।

उनलाई आज दिउँसाे करिब १ बजे मात्रै परिवारकाे अनुराेधमा अस्पतालले डिस्चार्ज गरेकाे अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले सिभिलखबरलाई बताए ।

उनलाई ३ दिन अघि काेराेना संक्रमण देखिएकाे थियाे । संक्रमित महिला केहि समयदेखि कलेजाे क्यान्सरबाट पिडित थिइन् ।



