• शनिबार, असोज ३ २०८३

पोखरामा ‘आहा रारा गोल्ड कप’ प्रतियोगिता हुने


बुधबार, माघ ५ २०७८
985
Shares

कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भइरहेकै अवस्थामा पोखरामा २१ औँ संस्करणको ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो ।  प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए । 

अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्साङदी क्लब र सहारा क्लब सहभागी हुने छन् । प्रतियोगिताको अन्तिम तयारी गरेका वेला तेश्रो लहरको कोरोनाको प्रभाव परेकोले दर्शक विनानै आयोजक, प्रायोजक, अफिसियल, खेलाडी तथा संचारकर्मीको सहभागितामा प्रतियोगिता संचालन गर्ने तयारी गरिएको अध्यक्ष गुरुङ (सुरज)ले बताए।

प्रतियोगिताको पहिलो खेल यही माघ ६ गते आयोजक सहारा क्लव र विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवबीच हुने छ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्।

प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी गर्ने र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिब रामजी प्रसाद अधिकारीले बताए ।  २१ वर्ष देखी निरन्तर सञ्चालन गरिदै आएको ्यस प्रतियोगितामा वचत हुने रकमले क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आएको क्लवले जनाएको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार