
गोरखा । काेराेना भाइरसकाे संक्रमण फेरी बढ्न थालेपिछ गोरखाकाे बारपाक सुलिकाेट गाउँपालिका वडा नम्बर ७ ले सचेतना अभियान सुरु गरेकाे छ । वडाक्षेत्रमा संक्रमणकाे जाेखिम कम गर्न र संक्रमण फैलिन नदिन वडा कार्यालयले बिभिन्न याेजना अघि सारेकाे छ ।
जसमा आजदेखि निशुल्क मास्क वितरण कार्यक्रम थालनी गरिएकाे वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । मास्क नलगाई हिडडुल गर्ने नागरिकलाई सचेतनासहित निशुल्क मास्क वितरण थालिएकाे उनले बताए ।

आजकाे कार्यक्रममा घ्यम्पेशाल प्रहरी चाैकीकाे सहयाेग रहेकाे थियाे भने कार्यक्रममा स्थानीय जनप्रतिनिधी, कर्मचारी, बुद्धिजिवी तथा युवाहरुकाे सहभागिता रहेकाे थियाे ।
त्यस्तै अभियान अन्तरगत भाेलीदेखि भने वडा कार्यालय अगाडी हेल्प डेस्क सञ्चालन गरिने तयारी गरिएकाे वडाध्यक्ष गुरुङले बताए । हेल्प डेस्कबाट काेभिड नियन्त्रण सम्बन्धी सचेतनामुलक जानकारीसंगै मास्क लगायत वितरण गरिने उनकाे भनाई छ ।
