• बुधबार, साउन १३ २०८३

२४ घन्टामा भारतमा २ लाख ८२ हजार संक्रमित, ४४१ जनाको मृत्यु


बुधबार, माघ ५ २०७८
745
Shares

भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ । 

पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार