• शनिबार, असोज ३ २०८३

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा, राजविराजमा विशेष कार्यक्रम गर्दै


बुधबार, माघ ५ २०७८
695
Shares

मधेश प्रदेस सरकारले आज (बुधबार) पनि प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बलिदानी दिवसको अवसरमा बुधबार पनि बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो। प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो मंगलबार पनि प्रदेशमा सार्वजनिक बिदा दिएको थियो । 

मधेश प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा बुधबार पनि प्रदेशभर सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए। मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा प्रहरीको गोली लागेर रमेश महतोको मृत्यु भएको माघ ५ गतेको दिनलाई मधेश सरकारले प्रत्येक वर्ष बलिदानी दिवसका रूपमा मनाउँदै आएको छ।

प्रदेश सरकारले आज सप्तरीको सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्दैछ। कार्यक्रममा मधेश आन्दोलनका क्रममा सहिद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस सरकारले कार्यक्रम गर्न लागेको हो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार