• शनिबार, असोज ३ २०८३

पर्वतमा सङ्क्रमण बढेसँगै माघ ५ देखि निषेधाज्ञा लागू


बुधबार, माघ ५ २०७८
1.2K
Shares

पर्वतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्न थालेपछि माघ ५ गतेदेखि लागु हुने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो। 

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ ५ देखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको हो । पर्वतमा कोरोना सङ्क्रमण फैलिएकाले  शैक्षिक संस्था होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातायात लगायतका क्षेत्रमा फरक फरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । 

प्रजिअ खत्रीले अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशमा शैक्षिक क्रियाकलाप सिनेमा हल लगायतका क्षेत्रहरू माघ १५ सम्म पूर्णरुपमा बन्द गर्ने आदेश जारी गरिएको उल्लेख गरिन् । त्यस्तै गरी मठ मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ ।

होटल व्यवसाय, डिपार्टमेन्टल स्टोर्स, सार्वजनिक सेवा प्रदायक निकायमा सेवाग्राहीको अनिवार्य दुवै डोज लगाएको खोप कार्ड देखाएर मात्र सेवा दिन आदेश जारी भएको छ । आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ ।

सङ्क्रमण बढे पनि सर्वसाधारणले सङ्क्रमण प्रति बेवास्ता गरेको उल्लेख गर्दै प्रजिअ खत्रीले सबै सजग रहन समेत आग्रह गरेकी छन् ।पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षणलाई तीव्रता दिइएसँगै परीक्षण गरिएका मध्ये झण्डै ७० प्रतिशतमा सङ्क्रमण देखिएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार