• शनिबार, असोज ३ २०८३

गोरखामै सुरु भयाे ई-पासपाेर्ट, पहिलाे दिन ९ जनाकाे फारम संकलन


बुधबार, माघ ५ २०७८
960
Shares

गोरखा । गोरखामै ई-पासपाेर्ट सुरु भएकाे छ । जिल्ला प्रशासन कार्यालय गोरखाले हिजाे मंगलबारदेखि ई–पासपोर्ट विरतण सुरु गरेकाे हाे ।

एमआरपी वितरण प्रकृया राेकिएकाे झण्डै एक महिनापछि गोरखामा इ- पासपाेर्ट सुरु गरिएकाे हाे । गृहमन्त्रालयबाट आएका प्राविधिक टोलीले आवश्यक उपकरण जडान कार्य सकेपछि हिजाेबाट इ- पासपाेर्टकाे फराम संकलन थालिएकाे कार्यालयका प्रशासकीय अधिकृत चुडानीधि तिवारीले सिभिलखबरलाई बताए । हिजाे पहिलाे दिन ९ जनाकाे फारम संकलन गरिएकाे उनकाे भनाई छ ।

उनका अनुसार यो नयाँ प्रणाली भएकाले केहि दिन दैनिक १० देखि १५ वटासम्म मात्रै ईपासपोर्टकाे फारम संकलन गरिनेछ । इ-पासपाेर्टकाे फारम भर्नका लागि राष्ट्रिय परिचयपत्र अनिबार्य बनाउनुपर्ने बताइएकाे छ ।

साे फारममा राष्ट्रिय परिचयपत्रकाे नम्बर अनिबार्य राख्नुपर्ने प्रावधान रहेकाे तिवारीले बताए । यसरी इ- पासपाेर्टकाे फारम भरेकाे करिब १५ देखि २० दिन भित्र पासपाेर्ट सेवाग्राहीले पाउने बताइएकाे छ ।

अब बायोमेटिूक जाँच, फोटो खिच्ने, फारम भर्ने लगायतका सबै काम अनलाइन सिस्टममा हुने बताइएकाे छ । अव गोरखाबाट नै ई–पासपोट वितरण हुने भएपछि काठमाडौ जानुपर्ने बाध्यता हटेको कार्यालयले जनाएको छ । ईपासपोर्ट यस अघिको एमआरपी भन्दा बढी प्रभावकारी हुने विश्वास कार्यालयकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार