• बुधबार, साउन १३ २०८३

खोप लगाउन माघ १६ देखि ४ दिन विद्यालय खोल्ने निर्णय


बुधबार, माघ ५ २०७८
500
Shares

सरकारले खोप अभियानलाई प्रभावकारी बनाउन मघ १६ गतेदेखि चार दिनसम्म विद्यालय खोल्ने निर्णय गरेको छ । कोरोनाको तेस्रो लहरको संक्रमण फैलिएपछि बन्द भएका विद्यालय खोप अभियानका लागि खोल्ने निर्णय सरकारले गरेको हो ।

मंगलबार गृह मन्त्रालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरेको हो ।

चार दिनमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोभिड १९ विरुद्ध खोप लगाइनेछ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको सीसीएमसीसी) बैठकले यस्तो निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार