• बुधबार, साउन १३ २०८३

काेराेना अपडेट : गोरखामा ६५, गण्डकीमा ६२६ र देशभर १० हजार २५८ जनामा संक्रमण पुष्टी


मंगलबार, माघ ४ २०७८
565
Shares

गोरखा । गोरखामा आज मंगलबार ६५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार आज मंगलबार १ सय ६१ जनाकाे नमुना परिक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टी भएकाे हाे । यससंगै गोरखामा सकृय संक्रमितकाे संख्या १ सय ४९ पुगेकाे छ ।

यसैगरी गण्डकी प्रदेशमा थप ६ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २३१ जनामा गरिएको परीक्षणमा ६२६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये पीसीआर प्रविधिबाट ३६२ र एन्टिजिन परीक्षणबाट २६४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ ।

त्यस्तै नेपालमा मंगलबार एकै दिन १० हजार २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यो संख्या तेस्रो लहरयताको सबैभन्दा बढी हो। २२ हजार ८२८ जनाको परीक्षण गर्दा करिब ४९ प्रतिशतमा कोरोना पाइएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८७३० जना र एन्टिजेन विधिबाट १५ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा देशभर आरटी पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९ सय ५६ नमुना परीक्षण गरिएको थियो। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार