
गोरखा । कोरोना संक्रमण फैलिन नदिन बुङ्कोटमा ‘मास्क खै ?’ अभियान सुरु भएकाे छ । शहिद लखन गाउपालिका वडा -७ खाब्दीभन्ज्याङमा तपाईको माक्स खोई अभियान सुरु भएको छ ।
वडा कार्यालयकाे समन्वय तथा बुंकाेट स्वास्थ्यचौकिको आयोजना र बुंकाेट प्रहरी चौकिको समन्वयमा तपाईको माक्स खोई अभियान सुरु गरिएको हो ।
देशमा बढिरहेको कोरोना भाईरसकाे जाेखिम कम गराउन र स्थानियहरुलाई सजक गराउनको लागि अभियान सुरु गरेको वडाअध्यक्ष शरण श्रेष्ठले बताए ।

कोरोना महामारी नियन्त्रण गर्न मैले माक्स लगाउनु नै हो, आजको आबश्यकता भन्ने नारा सहित मङ्गलबार बिहान सो सडकखण्डमा आवतजावत गर्ने सार्वजनिक सवारी साधन स्थानीयहरुलाई माक्स बितरण गरियको थियो ।


मोटरसाईकल, सार्बजनिक यातायात पसलहरुमा आउने ग्राहकहरुलाई स्थानिय सबैलाई मास्क लगाउन अनुरोध गरिएको उनले बताए । सबैले अनिवार्य मास्क लगाउन, भौतिक दुरी तथा सामाजिक दुरी कायम गरी आउजाउ तथा भेटघाट गर्न, अनिवार्य कोभिड खोप लगाउन अनुरोध गरिएको उनले बताए ।

