
गोरखा । गोरखा नगरपालिकामा आज ७ सय ८७ जनाले बुस्टर डाेज खाेप लगाएका छन् । नगरक्षेत्रका बिभिन्न ५ स्थानलाई खाेप केन्द्र ताेकेर सञ्चालन गरिएकाे अभियान अन्तरगत आज पहिलाे दिन ७ सय ८७ जनाले साे खाेप लगाएकाे कार्यालयका स्वास्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिए ।


जसमा काेभिसिल्डकाे साे डाेज १९३ जना महिला र ५३९ जना पुरुषले लगाएकाे उनले बताए । त्यस्तै भेराेसिल अन्तरगत ८ जना महिला र ४७ जना पुरुषलाइृ बुष्टर डाेज खाेप दिइएकाे अर्यालकाे भनाई छ ।

गोरखा नगरपालिकाले आज मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गरेकाे हाे । अभियान अन्तरगत पहिलाे चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरु, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायतलाई आज बुस्टर डोज खोप लगाइएकाे कार्यालयका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।


जसमा महिला स्वास्थ्य स्वयशेविका, पत्रकार र स्वास्थ्यकर्मीका लागि गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकबाट खोप दिइएकाे थियाे भने गोरखा अस्पतालको पुरानो इमरजेन्सी भबनबाट जनप्रतिनिधि र कर्मचारीलाई साे सेवा दिइएकाे पन्तले बताए ।
मंगलवार पहिलो दिन वडा नम्बर ६, ७, ८ र १२ मा खोप लगाउन सुरु गरिएकाे उनले बताए ।

यसैगरी सुरक्षाकर्मीहरुका लागि वडा नम्बर ८ काे आहाले स्थित रानीस्वाँरा स्वास्थ्यचौकीलाई खोप केन्द्र ताेकिएकाे थियाे भने आधारभुत स्वास्थ्य केन्द्र गोनपा ७ डण्डिडाँडाबाट बैंक तथा बित्तिय कर्मचारीले खोप लगाएका थिए ।
यस अघि दोस्रो मात्रा खोप लगाएको छ महिना समय पूरा भएकालाई मात्रै बुस्टर डोज खोप दिइएकाे छ ।