
नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।
महासंघका अनुसार यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।
