• बुधबार, साउन १३ २०८३

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने तयारी


मंगलबार, माघ ४ २०७८
560
Shares

Female doctor placing adhesive bandage on little girl's arm after vaccination. Focus is on girl.

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीलाई यसअघि नै कोभिडविरुद्धको खोप दिइसकेको छ।

विश्वका विभिन्न मुलुकले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइसकेका छन्। ५ वर्षमाथिका बालबालिकालाई लगाउने गरी सरकारले खोप खरिदको प्रक्रिया अघि बढाएको हो।

स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई मात्रा पुग्ने ८० लाख मात्रा खोप खरिदको प्रस्ताव फाइजर कम्पनीसँग गरेको छ।

खोप खरिद सम्झौताका लागि फाइजरले दुई महिनाको समय माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५ देखि ११ वर्षका बालबालिकाका लागि ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्ने फाइजरले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार