• बुधबार, साउन १३ २०८३

गोरखा नगरपालिकामा आजदेखि ‘बुस्टर डोज खोप’, पहिलाे प्राथमिकतामा काे-काे ?


मंगलबार, माघ ४ २०७८
705
Shares

गोरखा । गोरखा नगरपालिकाले आज मंगलवारदेखि बुस्टर डोज खोप लगाउन सुरु गर्ने भएको छ । अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधि, कर्मचारीहरु, बैंक तथा बित्तिय संस्थाका कर्मचारी लगायतलाई पहिलो चरणमा आजदेखि बुस्टर डोज खोप लगाउने तयारी भएकाे नगरपालिकाले साेमबार एक सुचना प्रकाशित गर्दै जानकारी दिएकाे छ ।

नगरक्षेत्रमा पाँच खाेप केन्द्र ताेकेर नगरपालिकाले पहिलाे प्राथमिकतामा अग्रभागमा खटिनेहरुलाई खाेप दिन लागेकाे हाे ।

जसमा महिला स्वास्थ्य स्वयशेविका, पत्रकार र स्वास्थ्यकर्मीका लागि गोरखा अस्पतालमा रहेको संस्थागत क्लिनिकबाट खोप दिने तयारी गरिएकाे कार्यालयका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।

त्यस्तै गोरखा अस्पतालको पुरानो इमरजेन्सी भबनबाट जनप्रतिनिधि र कर्मचारीलाई खाेप सेवा दिईने उनकाे भनाई छ । मंगलवार पहिलो दिन वडा नम्बर ६, ७, ८ र १२ मा खोप लगाउन सुरु गरिने उनले बताए । वडा नम्बर १० देखि १४ सम्मका खोप लगाउन तोकिएका लक्षित बर्गले तारानगर स्वास्थ्य चौकीबाट सेवा लिन सक्नेछन् ।

यसैगरी सुरक्षाकर्मीहरुका लागि वडा नम्बर ८ काे आहाले स्थित रानीस्वाँरा स्वास्थ्यचौकीलाई खोप केन्द्र ताेकिएकाे छ भन आधारभुत स्वास्थ्य केन्द्र गोनपा ७ डण्डिडाँडामा बैंक तथा बित्तिय कर्मचारीले खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ ।

यस अघि दोस्रो मात्रा खोप लगाएको छ महिना समय भएकाले मात्रै बुस्टर डोज खोप लगाउन पाउनेछन् । खोप लगाउन जाँदा कार्ड अनिवार्य रुपमा लैजान पनि नगरपालिकाले अनुरोध गरेको छ ।

हेर्नुस सूचना ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार