• बुधबार, साउन १३ २०८३

एकैदिन थपिए ६ हजार ७३४ कोरोना संक्रमित, ३ जनाको मृत्यु


सोमबार, माघ ३ २०७८
565
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७  र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्।

काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार