• शनिबार, असोज ३ २०८३

चन्द्रागिरिमा चक्कु हानेर एक युवकको हत्या


सोमबार, माघ ३ २०७८
680
Shares

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक युवकको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो, भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ उनले भने । प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए ।

अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।उनीहरुबीच यसअघि पनि झगडा भएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘घटनाको कारणबारे अनुसन्धान जारी छ,’ डीएसपी पाण्डे भन्छन्, ‘अनुसन्धानका क्रममा थप कसैको संलग्नता खुले उनीहरु पनि पक्राउ पर्छन् ।’ शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार