• शनिबार, असोज ३ २०८३

माघ १५ सम्मलाई फिल्म हल, डान्सबार, दोहोरी र जिम हल पनि बन्द


आइतबार, माघ २ २०७८
835
Shares

सरकारले तेस्रो लहरको कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि आगामी माघ १५ गतेसम्मका लागि फिल्म हलसहितका सबै मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै आगामी माघ १५ गतेसम्म फिल्म हल र रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । 

‘स्विमिङ पुल, जिमखाना, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, रात्रि क्लब, फुटसल, पटके हाटबजार र मानिसहरुको भीड हुने सबै किसिमका गतिविधि माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय भएको छ’, एक महिना लामो कोभिड-१९  निर्देशिबारे जानकारी दिँदै उनले भने। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार