
गोरखा । पछिल्लाे समय गोरखामा पुन: काेराेना संक्रमणकाे दर बढ्दै गएकाे छ । केहि समयअघिसम्म सकृय संक्रमितकाे संख्या शुन्य रहेकाे गोरखामा अहिले दैनिक संक्रमित थपिदै गएका छन् ।
हाल जिल्लामा ५२ जना सकृय संक्रमित पुगिसकेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ । जसमा आज मात्रै २४ जनामा संक्रमण पुष्टि भएका कार्यालयका सुचना अधिकारी नवराज खड्काले बताए ।


जसमा गोरखा अस्पतालमा एण्टिजेन परिक्षण गराएका ३५ मध्ये २२ जनामा संक्रमण पुष्टी भएकाे हाे । जसमा १४ महिला र ८ जना पुरुष रहेकाे खड्काले बताए । त्यस्तै आजै आरुघाटमा समेत १ महिला र १ पुरुष संक्रमित थपिएका छन् ।
पछिल्लाे समय संक्रमण भएकाे शंका लागेर परिक्षण गराउनेमध्ये ५८ प्रतिशतमा संक्रमण पुष्टी भएकाे सुचना अधिकारी खड्काकाे भनाई छ ।


त्यस्तै हाल गोरखामा ५२ जना सकृय संक्रमित रहेका छन् । जसमा गोरखा नगरपालिकामा २९, पालुङ्गटार नगरपालिकामा ८, भिमसेन थापा गाउँपालिकामा २, आरुघाटमा ७, शहिद लखनमा ३, बारपाक सुलिकाेटमा १ र सिरानचाेक गाउँपालिकामा २ जना सकृय संक्रमित रहेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।
