• आइतबार, भाद्र २१ २०८३

च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित


आइतबार, माघ २ २०७८
630
Shares

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको छ । जारी सहिद स्मारक ए डिभिजन टोली च्यासलका १९ खेलाडीलाई एकसाथ कोरोना देखिएसँगै आइतवार नेपाल पुलिस क्लबसँग हुने भनिएको दोस्रो खेल पनि स्थगित गरिएको छ। 

खेलको तयारी भइरहँदा च्यासलका खेलाडीमा कोरोना पुष्टि भएसँगै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। आइतवार स्थगित भएको खेल अब एन्फाले १० औँ राउन्डपछि खेलाउने भएको छ। एन्फाले नवौँ राउन्डका खेल सकेपछि लिगलाई करिब एक महिनाका लागि विश्राम दिने तयारी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार