
काठमाडौं । ग्रामिण परिवेशका भिडियोहरु ‘मुना’, ‘वशन्त शिशिर’, निर्देशन गरेर चर्चा कमाएका निर्देशक नविन भट्टको निर्देशनमा नयाँ प्रयोग सहित ‘कफी क्रश्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा समावेश यस गीतमा सुमित विश्वकर्माको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा गायक आधिकारीको समेत अभिनय रहेको छ।

भिडियोको छायांकन अनिश स्याङ्देनले गरेका हुन भने सम्पादन चानस पुन मगरले गरेका हुन्। ‘ए-सिरिज’ नामक च्यानल बाट सार्वजनिक यस भिडियोको क्रियटिभ डिरेक्टर र निर्मात्री आभा नेपाल हुन् । भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
