• बुधबार, साउन १३ २०८३

सिरानचाेक ७ मा दुई करोडको लगानीमा स्वास्थ्य चौकी भवन बन्ने, अध्यक्ष गुरुङले गरे शिलन्यास


आइतबार, माघ २ २०७८
625
Shares

गोरखा । सिरानचोक गाउँपालिका वडा नं ७ स्थित श्रीनाथकोटमा करिब दुई करोडको लागतमा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । भारतीय सरकारको सहयोगमा जिल्ला आयोजना इकाई भवनमार्फत बन्न लागेकाे स्वास्थ्य चौकी भवनकाे शनिबार गाउँपालिका अध्यक्ष राजु गुरुङ र वडा अध्यक्ष सुरज ढकालले संयुक्त रुपमा भवनको शिलान्याश गरेका हुन् ।

श्रीनाथकोटमा रहेको स्वास्थ्य चौकी भवन २०७२ सालकाे भूकम्पले भत्काएपछि अस्थायी भवनबाट सेवा प्रवाह गर्दै आएको थियाे । चौकी प्रमुख विश्वनाथ पाण्डेको अनुसार चाैकी दुई करोड २२ लाखको लागतमा पाँच शैयाको दुईतल्ले भवन निर्माण हुन लागेको हो ।

नयाँ भवन बनेपश्चात सिरानचोक गाउँपालिकाको उपल्लो गोहोरे, तल्लो गोहोरे, काभ्रे, डाडाँगाउँ, आरुबोट, ठूलो गाउँ, झारगाउँ, लप्से, भँगेरी लगायतका गाउँका स्थानीयहरु उक्त स्वास्थ्य चौकीकाे सेवाबाट लाभाञ्वित हुने बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार