गोरखा । तनहुँकाे बन्दिपुरमा जिप दुर्घटना हुदा ६ जनाकाे ज्यान गएकाे छ । बन्दिपुर गाउँपालिका ६ काे बाक्से भन्ने स्थानमा शुक्रबार राती जिप दुर्घटना हुदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे हाे ।
अहिले ६ जनाकाे शव तनहुँकाे बन्दिपुर अस्पतालमा पुर्याइएकाे अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर विमल दुवाडीले सिभिलखबरलाई जानकारी दिए ।
डा दुवाडीका अनुसार घटनामा हालसम्म ६ जनाकाे ज्यान गएकाे र ७ जना घाइते भएका छन् । ग१ ज ६५ ५५ नम्बरको जिप दुर्घटनामा परेकाे बताइएकाे छ ।