• शनिबार, असोज ३ २०८३

ओसन क्लबकाे फुटबल मेला अन्तरगत आज समुह चरणकाे अन्तिम खेल सम्पन्न


शुक्रबार, पुष ३० २०७८
760
Shares

गोरखा । द ‌ओसन क्लबकाे चाैथाे फुटबल मेला अन्तर्गत आज शुक्रबार समूह चरणको अन्तिम खेलहरु सम्पन्न भएक छन । जसमा लक्ष्मी सामुदायिक स्कुले जिनियस लाई १-० ले पराजित गर्दै समूह डि विजेताको रुपमा क्वाटरफाइनल पुगेको छ।

समूह डि बाट हेड टु हेड मा शक्ति मा वि लाई पछि पार्दै रत्नलक्ष्मी मा वि उप बिजेताको रुपमा क्वाटरफाइनल पुगेको छ। समुह ए बाट विजेता महालक्ष्मी मा वि उप विजेता गोरखा मनकामना बोर्डिङ त्यसैगरी समूह बि बाट द ओल्ड क्यापिटल र बालमन्दिर मा वि विजेता र उपविजेताको रुपमा क्वाटरफाइनल पुगेका छन।

समुह सि बाट मोर्डन बोर्डिङ समुह विजेता को रुपमा अगाडि बढेको छ भने महेन्द्र मा वि लाई गोल अन्तरका आधारमा पछि पार्दै सरस्वती मा वि आहाले अगाडि बढेको छ। क्वाटरफाइनल ड्र आइबार सार्वजनिक हुनेछ भने क्वाटरफाइनल खेल माघ ७ गते शुक्रबार हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार