• शनिबार, असोज ३ २०८३

दिपको संगीत, रचनाको स्वरमा ‘भतभती पोल्छ’ सार्वजनिक ( भिडियो )


शुक्रबार, पुष ३० २०७८
1.2K
Shares

काठमाडौं – गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको सामाजिक सन्देश  बोकेको मार्मिक म्युजिक भिडियो  ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ।यस गीतमा ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द रहेको छ। दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन्।

समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई  जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्य फिचर्ड छन्।

बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो।   गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार