• शनिबार, असोज ३ २०८३

बुटवलको प्लान बि डान्स क्लबमा आगलागी


शुक्रबार, पुष ३० २०७८
1.5K
Shares

बुटवलको प्लान बि डान्स क्लबमा आगलागी भएको छ।

बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजनजिकै निर्माणाधीन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमकल पनि आउँदै गरेको जानकारी दिए।

आगलागी के कारणले भएको हो त्यसबारे अहिले जानकारी नभएको प्रहरीले जनाएको छ।घटनाबारे थप विवरण केहीबेरमा आउनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार