• आइतबार, भाद्र २१ २०८३

भारतमा एकैदिन २.६२ लाख संक्रमित भेटिए, १.०८ लाख निको भए : दुबै आँकडा तेस्रो लहरमा सबैभन्दा बढी


शुक्रबार, पुष ३० २०७८
630
Shares

Coronavirus on scientific background

भारतमा कोरोनाभाइरसको तेस्रो लहरका बेला बिहिबार पहिलो पटक निको हुने बिरामीको आँकडा पनि एक लाख पार भएको छ । यद्यपि, यहाँ लगातार ८ औँ दिन १ लाख र लगातार दोस्रो दिन २ लाखभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

बिहिबार यहाँ २ लाख ६२ हजार ०२२ संक्रमित भेटिएका छन् जो अघिल्लो दिनको २.४७ लाख संक्रमितभन्दा करिब १२ हजार बढी हो । यद्यपि, यतिबेला १,०८,७०८ बिरामी निको भएका छन् जबकी ३१४ को मृत्यु भएको छ ।

कूल सक्रिय संक्रमित ११.०९ लाखबाट बढेर १२.६५ लाख पुगेका छन् ।देशमा हालसम्म ३.६५ करोड व्यक्ति संक्रमित भइसकेका छन् जसमध्ये ३.४८ करोड मानिस निको भइसकेका छन् । हालसम्म ४,८५,३४९ व्यक्तिको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार