• शनिबार, असोज ३ २०८३

‘ए मेरो हजुर–४’मा अनमोल र सुहानाको रोमान्स र बिछोडको कथा


शुक्रबार, पुष ३० २०७८
795
Shares

कोरोना महामारीको अन्योलका बीच नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ले प्रदर्शन मिति तय गरेको छ।चलचित्र टिजर सार्वजनिक गर्दै फिल्म युनिटले प्रदर्शन मिति पक्का गरेको हो। आउँदो वैशाख १ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्मको टिजरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देख्न सकिन्छ।

टिजरमा अनमोल र सुहानाको प्रेम, रोमान्स र बिछोडको कथा प्रस्तुत गरिएको छ। ब्लकबस्टर सिरिज ‘ए मेरो हजुरको’को चौथो सिरिजमा आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्री निकै राम्रो देखिएको छ।

सुनिलकुमार थापाले निर्माण गरेको यो चलचित्र झरना थापाले निर्देशन गरेकी हुन्। यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म युनिटले एक साता स्थगित गर्दै वैशाख १ गतेलाई प्रदर्शन मिति पक्का गरेको हो। यो चलचित्र फिल्म उद्योगले आशा गरेको चलचित्र हो।

भिडिओ- 

iu

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार