• शनिबार, असोज ३ २०८३

धादिङ पहिरो : डोजर थोरै देखियो, पुरिएका ३ जना अझै भेटिएनन्


शुक्रबार, पुष ३० २०७८
780
Shares

धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसँगै पुरिएका तीन जनाको खोजी जारी छ। धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार हिजो दिनभर खोज्दा पनि पहिराेमा बेपत्ताहरू नभेटिएकाले आज शुक्रबार बिहानै पुनः खोजी सुरु गरिएको हो। 

धादिङको रुबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरु र लिङ्जो जोड्ने ट्रयाक सडक खन्ने क्रममा बिहीबार बिहान डोजरसहित यसका चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय बासिन्दा अनिश तामाङ पहिरोमा पुरिएका हुन्। ‘चालक र सहचालक काभ्रेको भन्ने खुल्या छ, काभ्रे कुन ठाउँ भन्ने खुल्या छैन’, प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

उनका अनुसार चालक अन्दाजी २७/२८, सहचालक १९/२० र स्थानीय अनिश २७/२८ वर्षका छन्। खाेजीका क्रममा अहिलेसम्म पहिरोमा पुरिएको बा २ क ४८२१ नम्बरको डोजरको केही भाग मात्र देखिएको छ। तर मानिसको अहिलेसम्म नामोनिशान देखिएको छैन। 

‘डोजको केही भाग देखिएको छ, मान्छे फेला पर्या छैनन्। पन्छाउने काम जारी छ’, उनीहरूको खोजीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। पहिरो निकै ठूलो भएकाले पन्छाउन त्यति सजिलो नभएको प्रनाउ भण्डारीले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार