• शनिबार, असोज ३ २०८३

स्वस्तिमा अभिनित साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज (भिडिओ)


शुक्रबार, पुष ३० २०७८
810
Shares

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको साउथ इन्डियन फिल्म ‘थिरिमाली’को ट्रेलर रिलिज भएको छ।जसमा अर्का नेपाली कलाकार माओत्से गुरुङले पनि अभिनय गरेका छन्। 

राजीव सेठ्ठी निर्देशक रहेको फिल्मको ट्रेलरमा स्वस्तिमालाई आइटम डान्सरका रूपमा देखाइएको छ। साथै माओत्से पनि देखिएका छन्। 

फिल्ममा प्रमुख भूमिकामा विपिन जर्ज, धर्माजन बोलगाटीले अभिनय गरेका छन्।

दुई मुख्य पात्र नेपाल घुम्न आएको कथा फिल्ममा छ। फिल्म नेपालमा पोखरा, काठमाडौं, लुक्लामा छायांकन गरिएको हो। 

भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार