• शनिबार, असोज ३ २०८३

२ रुपैयाँको नयाँ सिक्का आजदेखि बजारमा, दृष्टिविहीनले स्पर्श गरेर दर पत्ता लगाउन सक्ने


शुक्रबार, पुष ३० २०७८
815
Shares

नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजदेखि चलनचल्तीमा ल्याएको छ।

पहिलाकै आकार तथा सुनौलो रंगमा टकमरी गरिएको दुई रुपैयँँका सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ। जसमा साल २०७७ लेखिएको छ।

आज सूचना जारी गर्दै राष्ट्र बैँकले २ रुपैयाँको सिक्का चलनचल्तीमा ल्याइएको जानकारी दिएको हो।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’ र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको राष्ट्र बैँकले जनाएको छ।

सिक्काको बीच भागमा भने सात प्रदेशसहितको नेपालको नक्सा छ। नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेका छन्। 

त्यसैगरी सिक्को पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र छ। जसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार