• बुधबार, साउन १३ २०८३

गोरखामा काेराेनाका सक्रिय संक्रमितकाे संख्या २२ पुग्याे


शुक्रबार, पुष ३० २०७८
630
Shares

गोरखा । गोरखामा काेराेनाका सक्रिय संक्रमितकाे संख्या २२ पुगेकाे छ । बिहिबार जिल्ला अस्पतालमा गरिएकाे एन्टिजेन परिक्षणका क्रममा ९ जना र आरुघाट गाउँपालिकाका २ जना पुरुषलाई संक्रमण देखिएसंगै सक्रिय संक्रमितकाे संख्या २२ पुगेकाे हाे ।

हिजाेकाे अस्पतालमा एण्डिजेन परिक्षणका क्रममा पाेजेटिभ देखिएकामध्ये ७ जना पुरुष र २ जना महिला रहेकाे स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ ।

केहिदिन अघि गोरखाकै आँपपिपपल अस्पतालका ४ चिकित्सकलाई समेत संक्रमण पुष्टी भएकाे थियाे भने पालुङ्गटार ८ धुवाँकाेटका एक महिला र एक पुरुषमा समेत संक्रमण देखिएकाे थियाे ।

जिल्लामा केहि समय काेराेना भाइरसका संक्रमित शुन्य भएपनि पुन: संक्रमणकाे दर बढ्दै गएकाे देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार