• शनिबार, असोज ३ २०८३

‘ओके छ त’ मा सुधिर र सुनिशाको अन्स्क्रिन प्रेम ( भिडियो )


बिहिबार, पुष २९ २०७८
830
Shares

काठमाडौं –  भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक  विजय शंखरको सुमधुर स्वरमा सजिएको ‘ओके छ त’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

गीतलाई गायक विजय शंखर र मुनाल शिशिर कोइरालाले सयुक्त रुपमा लेखेका हुन्।  दिपकराज बिश्वकर्माले संगीतवद्द गरेको यस गीतलाई कुशल सिंहले संगीत संयोजन गरेका हुन्।

भिडियोलाई उत्तम हुमागाईंले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन्।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोमा सुधिर श्रेष्ठ र सुनिशा बजगाईं फिचर्ड छन्।  मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार