• शनिबार, असोज ३ २०८३

गोरखा बजारमा सुन चोरीको आरोपमा जलालदिन मियाँ पक्राउ


बिहिबार, पुष २९ २०७८
1.1K
Shares

गोरखा । गोरखामा सुन चोरी गरेको आरोपमा कास्की घर भएका जलालदिन मियाँलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । गोरखा बजार आसपास क्षेत्रका दुई घरमा चोरी गरेको अभियोगमा उनलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।

कास्की रुपाकोट गाउँपालिका ६ घरभई हाल गोरखा नगरपालिका ६ बिसौनी मोडमा बस्दै आएका उनलाई कात्तिक २२ गते र पौष ४ गते गोरखा नगरपालिका ८ को रानिबन र गोरखा नगरपालिका १० को बिरेनचोकमा रहेको घर भित्रैबाट सुनका गरगहना चोरी गरेको आरोपमा पक्राउ गरिएकाे प्रहरी निरिक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

उनलाई कात्तिक २२ गते गोरखा नगरपालिका १० को बिरेनचोकमा रहेको देवीमायाँ खनालको घरको दराज फोडी सुनको तिलहरी १ थान, औठी १ थानगरी २ तोला बरावरको सुनका साथै १० तोला बरावरको चाँदीका गरगहना र नगद २५ हजार र ओप्पो कम्पनीको १ थान मोबाइल चोरी गरेको प्रहरीले आरोप लगाएको छ ।

त्यस्तै पौष ४ गते गोरखा नगरपालिका ८ को रानिबन क्षेत्रमा रहेको रबिनकुमार थापोको घरको दराज फोरेर सिक्री, चन्द्रमा, बाला र औठी गरी साडे ३ तोला बरावरको सुन र १० तोला बरावरको चाँदीका साथै नगद १० हजार चोरी गरेको अभियोग उनिमाथी लगाइको छ ।

उनलाई गोरखा जिल्ला अदालतबाट चोरी शिर्षक मुद्वामा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार