• शनिबार, असोज ३ २०८३

भिटेनलाई लिएर फिल्म बनाउँदै दीपेन्द्र


बिहिबार, पुष २९ २०७८
745
Shares

निर्देशक दीपेन्द्र के खनालले र्यापर भिटेनलाई लिएर चलचित्र बनाउने भएका छन्। दीपेन्द्रको नयाँ प्रोजेक्टका लागि भिटेन काम गर्न राजी भएका छन्।

अनटाइटल उक्त प्रोजेक्टका लागि दुईबीच औपचारिक सम्झौता भइसकेको छ। 

बुढासुब्बा ओेरिजिनलको ब्यानरमा निर्माण हुने चलचित्रमा नवराज गिरीले लगानी गर्नेछन्।

यसअघि भिटेनले अभिनय गर्ने उक्त प्रोजेक्टको नाम ‘रत्नपार्क’ भनेर सार्वजनिक गरिएको थियो। तर फिल्मको नाम पक्का नभएको निर्देशक खनालले बताए। 

‘रत्नपार्क’नामको छुट्टै चलचित्र बुढासुब्बाको ब्यानरमै निर्माण हुनेछ। यो चलचित्रको कथा पनि दीपेन्द्रले लेखिरहेका छन्। 

शर्मिला पाण्डेसँग काम गरिरहेका दीपेन्द्रले निर्माता परिवर्तन गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार