• शनिबार, असोज ३ २०८३

बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता


बिहिबार, पुष २९ २०७८
590
Shares

बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिएका छन् ।

काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्।

डोजरले सडकको ट्र्याक खोल्ने क्रममा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेको प्रहरी उपरीक्षक सिंहले बताए। 

प्रहरी टोली हेलिकप्टरमार्फत् पहिरो खसेको स्थानमा पुगेको हो।

Photo : File

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार