• बुधबार, साउन १३ २०८३

कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधि तीन महिना थप्ने निर्णय


बिहिबार, पुष २९ २०७८
610
Shares

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ ।

विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले बिहीबार जारी प्रेस विज्ञप्तिमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएका कारण कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पनि पदमा तत्काल जनशक्ति व्यवास्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मी/कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार