• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेशमा थप १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि


बिहिबार, पुष २९ २०७८
730
Shares

गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको परीक्षणमा १६५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७७ जना महिला र ८८ जना पुरुष रहेका छन । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ ।

शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना मात्र संक्रमित देखिएकोमा आइतबार ३८ सोमबार ७०, मंगलबार ११४, बुधबार १२१ र बिहीबार थप १६५ जनामा संक्रमण देखिएको हो ।  शुक्रबारदेखि बिहिबार सम्मको तुलना गर्दा प्रदेशमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको सहजै अनुमान गर्न सकिन्छ ।

पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीमा ११५, बागलुङ ६, स्याङजा ३, म्याग्दी ३,पर्वत १,लमजुङ २, तनहुँ ५ र नवलपरासी पूर्वमा ३० जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८९ हजार ०४६ पुगेको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २८ रहेकोे छ ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा थप १९ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ०३ पुगेको छ ।प्रदेशमा हालसम्म ३ लाख ५८ हजार २८८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ५९७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५६९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार