• शनिबार, असोज ३ २०८३

गोरखामा दुई माेटरसाइकल आपसमा ठोक्किदा ३ जना घाइते


बिहिबार, पुष २९ २०७८
645
Shares

गोरखा । गोरखामा दुई माेटर साइकल आपसमा ठेक्किदा ३ जना घाइते भएका छन् । गाेरखा नगरपालिका ९ ठिगुरेस्वाँरामा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका हुन ।

विहिबार दिउसो लक्ष्मीबजारबाट गोरखा बजार तर्फ आउदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुवै पक्षका सवारी चालक घाइते भएका हुन् ।

लक्ष्मीबजारबाट बजार तर्पफ आउदै गरेको बा ६२ प ७०९६ को मोटरसाइकल र सोहि ठाउँबाट बजार तर्पफ आउदै गरेको बा.प्र. ०२०३२ प. ७७१६ नं को मोटर साइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी धर्म बहादुर अधिकारीले जानकारी दिए ।

उक्त दुर्घटनाबाट सवारी चालक २० वर्षीय आशिष रानामगर, २० वर्षीय सन्देश बस्नेत र २३ वर्षीय विशाल श्रेष्ठ घाइते भएका छन् ।

उनीहरुलाई उद्धारा गरी गोरखा अस्पताल उपचाइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार