• बुधबार, साउन १३ २०८३

बिहिबार एकैदिन थपिए ३ हजार ५ सय ५३ जना कोरोना संक्रमित


बिहिबार, पुष २९ २०७८
620
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९८ जनाको पीसीआर परीक्षणमा २९२२ र ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ९ रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार