• शनिबार, असोज ३ २०८३

परपुरुषसँग सम्बन्ध राख्न बाध्य पार्ने पतिविरुद्ध उजुरी दिँदा…


मंगलबार, पुष २७ २०७८
760
Shares

भारतमा यौन आनन्दका लागि श्रीमती साटासाट गरेको आरोपमा ७ जनालाई गिरफ्तार गरिएको छ। 

भारतको केरल प्रहरीले त्यसरी श्रीमती साटासाट गरेर शारीरिक सम्बन्ध गर्ने गिरोह नै फेला पारिएको जनाएको छ। 

गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको पाइएको भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ। यस्तो गिरोह सञ्चालन गर्न ह्वाट्सएप र मेसेन्जरमा ग्रुप बनाइएको पाइएको छ। जसमा हजारभन्दा धेरै जोडी आबद्ध रहेको खबरमा उल्लेख छ।

तीमध्ये कोट्टायमबाट ७ जनालाई गिरफ्तार गिरएको र अन्य २५ जनाभन्दा धेरै निगरानीमा रहेको केरल प्रहरीले जनाएको छ। 

त्यसरी साटिएर शारीरिक सम्बन्ध राख्न लगाउने पतिविरुद्ध एक महिलाले प्रहरीमा उजुरी दिएपछि घटना खुलासा भएको हो। 

चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भनेका छन्, ‘पहिले उनीहरू टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिँदारहेछन्, त्यसपछि एक अर्कासँग भेट्दारहेछन्। हामीले उजुरी गर्ने महिलाका पतिलाई पक्राउ गरेका छौं। यसमा ठूलो गिरोह छ र हामी अन्य आरोपितको खोजी गरिरहेका छौं। 

गिरफ्तार गरिएका व्यक्ति केरलका अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका बासिन्दा भएको प्रहरीले जनाएको छ। यस्तो गिरोहमा राज्यका सम्भ्रान्त वर्गका कैयौं व्यक्ति संलग्न पाइएको प्रहरीले दाबी गरेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार