• शनिबार, असोज ३ २०८३

पृथ्वीजयन्तीको अवसरमा हिमानी ट्रस्टद्वारा न्यायो कपडा वितरण


मंगलबार, पुष २७ २०७८
570
Shares

पृथ्वी जयन्तीको अवसरमा हिमानी ट्रस्टले मंगलबार देशका विभिन्न विद्यालयका छात्रछात्राहरुको लागि न्यानो कपडा वितरण गरेको छ । कोभिडका कारणले सबै ठाउँमा भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि विद्यालयका प्रतिनिधिहरूलाई बोलाएर ट्रस्टले सामग्री हस्तान्तरण गरेको हो । यस्तो राहत सामग्री देशभरका विभिन्न विद्यालयका करिब ५०० विद्यार्थीलाई वितरण गरिएको बताइएको छ  ।

हिमानी कोषको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच कोषकी संस्थापक सदस्य एवं कार्यसमिति सदस्य दिलसा राज्यलक्ष्मी देवी राणाले श्री जनहित आधारभूत विद्यालय–सुनसरी, श्री दीपेन्द्र नेपाल राष्ट्रिय आधारभूत विद्यालय–कालिकोट, श्री आदर्श सरस्वती मावि–तनहुँ, श्री हरि सुशिल आधारभूत विद्यालय–परासी, श्री पशुपति आधारभूत विद्यालय–रुपन्देहीसहित र सिराहमा शीतलहरबाट प्रभावित बालबालिकालाई राहतस्वरुप न्यानो कपडा वितरण गरेकी हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार