• शनिबार, असोज ३ २०८३

सुनचाँदीको मूल्य बढ्यो, कति छ आजको बजार भाउ ?


मंगलबार, पुष २७ २०७८
485
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो । 

बढेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २३० रुपैयाँ पुगेको छ ।

गत सोमबार सुन प्रतितोला ९१ हजार ३०० र चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै आज ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार