• बुधबार, साउन १३ २०८३

अमेरिकामा घटेन कोरोना संक्रमण, एकैदिन थपिए ११ लाख नयाँ संक्रमित


मंगलबार, पुष २७ २०७८
780
Shares

Medical personnel help each other at a federal COVID-19 drive-thru testing site in the parking lot of Walmart in North Lake, Ill., Wednesday, March 25, 2020. The new coronavirus cause mild or moderate symptoms for most people, but for some, especially older adults and people with existing health problems, it can cause more severe illness or death. (AP Photo/Nam Y. Huh)

अमेरिकामा सोमबार कोभिड–१९ का ११ लाख ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै अमेरिकामा अहिलेसम्मकै धेरै नयाँ संक्रमित थपिएका हुन्।

साथै अमेरिकामा संक्रमण निरन्तर बढ्दो क्रममा देखिएको छ। यसअघि गत जनवरी ३ मा एकैदिन १० लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए। 

त्यस्तै अमेरिकामा अस्पताल भनाए हुने संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च देखिएको छ। पछिल्लो तीन सातामा अमेरिकामा अस्पताल भर्ना हुने संक्रमितको संख्या दोब्बर पुगेको छ।

यो अवधिमा १ लाख ३५ हजारभन्दा धेरै मानिस संक्रमणको कारण अस्पतालमा भर्ना भएका थिए। गत वर्षको जनवरीमा १ लाख ३२ हजारभन्दा धेरै संक्रमित अस्पतालमा भर्ना भएका थिए। 

ओमिक्रोन भेरियन्टसहितको संक्रमण यसअघिको भेरियन्टभन्दा कम घातक हुने भए पनि अत्यधिक मात्रामा अस्पताल भर्ना हुनेको संख्या बढ्नुले भने स्वास्थ्य प्रणालीमा नै समस्या आउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार