• शनिबार, असोज ३ २०८३

पृथ्वी जयन्तीमा राेटर्याक्ट गोरखाकाे दाैड प्रतियाेगिता: रामजी पहिलाे


मंगलबार, पुष २७ २०७८
775
Shares

गोरखा । ३ सयाै पृथ्वी जयन्तीका अवसरमा गोरखामा दाैड प्रतियाेगिता सम्पन्न भएकाे छ । नगरपालिकाको आयोजना र राेटर्याक्ट क्लब अफ गोरखाकाे संयुक्त आयाेजनामा प्रतियाेगिता भएकाे हाे ।

गोरखा नगरपालिका ५ काे पस्लाङ्ग चाैताराबाट सुरु भएकाे दाैड वडा नम्बर ६ काे ठूलाे आँगनस्थित गोरखा संग्रहालयमा आएर टुंगिएकाे थियाे ।

जसमा रामजी बस्नेत पहिलाे भएका छन् । उनले ३२ मिनेट १७ सेकेण्डमा दाैड पूरा गरेका थिए । त्यस्तै प्रतियाेगितामा भिमबहादुर गुरुङ्ग दाेस्राे, निराेज भट्ट तेस्राे र सचिन राई चाैथाे भएकाे कार्यक्रम संयाेजक निरञ्जन कट्टेलले सिभिलखबरलाई बताए । उनिहरुले क्रमश ३३ मिनेट ४३ सेकेण्ड, ३३ मिनेट ४७ सेकेण्ड र ३३ मिनेट ४८ सेकेण्डमा दाैड पुरा गरेकाे थिए ।

प्रतियाेगिताका विजेताहरुलाई क्रमश १५ हजार, १० हजार, ७ हजार, र ५ हजार नगद पुरस्कार दिइएकाे क्लबका शिवहरी तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा क्लबका अध्यक्ष समिर श्रेष्ठकाे अध्यक्षता र नगरप्रमुख राजनराज पन्तकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार