• शनिबार, असोज ३ २०८३

पृथ्वी जयन्तीमा वक्तृत्वकला प्रतियाेगिता: माेर्डन स्कुलकी आयुष्मा पहिलाे


मंगलबार, पुष २७ २०७८
1.1K
Shares

गोरखा । ३ सयाै पृथ्वी जयन्तीका अवसरमा गोरखामा वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । नगरपालिकाको आयोजना र गोरखा जेसिज गोरखाको संयुक्त आयाेजनामा सदरमुकामकाे शक्ति मावि पाटेचौरमा आइतबार पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान विषयमा भएको प्रतियोगितामा मोर्डन बोर्डिङ स्कुकी आयुष्मा भट्ट प्रथम भएकी छिन् । त्यस्तै, गोरखा मनकामना बोडिङ स्कुकी सिम्रन थापा मगर द्धितीय र रत्नराज्य माविकी स्वतिका भुजेल तृतीय भएको जेसिज गोरखाका महासचिव राजेश श्रेष्ठले बताए ।

प्रतियाेगितामा विध्यावासिनी माविका सुमना कोइराला सान्तवना भएका छन् ।

प्रतियोगितामा प्रथम, दोस्रो तेस्रो र सान्त्वना हुनेलाई क्रमश पाँच, तीन, दुई र एक हजार नगद सहित प्रमाणपत्र वितरण गरिने जनाएको छ । उनीहरुलाई पृथ्वी जयन्तीका दिन सम्मान गरिने महासचिव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा गोरखा नगरपालिका भित्रका कक्षा नौ देखि १२ कक्षामा अध्ययरत संस्थागत र निजी विद्यालयका १० वटा विद्यालयका सहभागिता रहेको आयोजकले जनाएको छ ।

गोरखा जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि प्रविन बस्नेतको अध्यक्षता तथा गोरखा नगरपालिका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति विश्वनाथ वाग्ले, विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद अर्याल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, जेसिजका पुर्व अध्यक्ष भगवानबाबु मास्के, कार्यक्रमको संयोजक शेलेन्द्र भट्ट, लियो क्लव अफ गोरखा अध्यक्ष सुमन श्रेष्ठ लगायतको सहभागिता रहेको थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार