• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेशमा थप ७० जनामा कोरोनासंक्रमण पुष्टि


सोमबार, पुष २६ २०७८
625
Shares

गण्डकी प्रदेशमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २४१ जनामा गरिएको परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३० जना महिला र ४० जना पुरुष रहेका छन ।प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्चरुपमा बृद्धी भएको छ । शुक्रबार १६ जना संक्रमित देखिएकोमा आइतबार प्रदेशका विभिन्न जिल्लामा ३८ जना संक्रमित भेटिएको थियो ।

सोमबार फेरी त्यो संख्या बढेर ७० पुगेको छ ।शुक्रबार, आइतबार र सोमवारको तुलना गर्दा प्रदेशमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएको अनुमान गर्न सकिन्छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा कास्कीका ५४, स्याङजा २,पर्वत १, लमजङ ३,तनहँु ३ र नवपरासी पूर्वमा ७ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८८ हजार ६४६ पुगेको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।गण्डकीमा पछिल्लो चौविस घण्टामा थप १४ जना संक्रमणमुक्त भएका छन । प्रदेशमा हालसम्म संत्रमणमुक्त हुनेको संख्या ८६ हजार ९६० पुगेको छ । प्रदेशमा हालसम्म ३ लाख ५७ हजार ६१८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा २५९ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये २३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार