गोरखा । ३ सयाै पृथ्वी जयन्तीका अवसरमा गोरखाकाे सतिपिपलमा सञ्चालित क्याफे दि चाैतरीले बिभिन्न प्रकारका पिङहरुमा ५० प्रतिशत छुट दिने भएकाे छ ।

दिवशका अवसरमा चाैतारीले ‘सिङ्गल’ र ‘पारिवारिक’ पिङ खेल्ने ग्राहकलाई ५० प्रतिशत छुट दिने भएकाे सञ्चालक साेम श्रेष्ठले बताए ।
नेपाल मै पहिलाे पटक साे किसिमका पिङहरु सुरुवात गरेकाे चाैतारीमा मिनी धरहरा समेत निर्माण गरिएकाे छ । त्यससंगै फोटाे सेसनका लागि गुड, ढुङ्गा लगायतका आकर्षक बस्तुहरु समेत चाैतारीमा रहेकाे श्रेष्ठले बताए ।
गोरखा दरबार नजिकै रहेकाे साे हाेटलमा हाल दैनिक एक सय जना भन्दा बढीले अवलाेकन गर्ने गरेका छन् ।
