• शनिबार, असोज ३ २०८३

‘मानुङकोट डाँडामा बतासको लगानीमा निर्णय भएको छैन’


सोमबार, पुष २६ २०७८
1.6K
Shares

dgf]/~hg lng dfgx'Fsf]6 k'u]sf cfGtl/s ko{6s bdf}nL, !* sflQs M tgx'Fsf] Jof; gu/kflnsf–% dfgx'Fsf]6df cfGtl/s ko{6ssf] 3'OFrf] . ;"of]{bo / s'lx/f] x]g{ dfgx'Fsf]6df b}lgs eL8 nfUg] u/]sf 5g . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आए पनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिए।

नगरपालिकाले निजी साझेदारी अवधारणाअनुरूप विभिन्न किसिमका संस्था तथा व्यक्तिसँग लगानी, विकास र यसका सम्भावना चयन गर्ने गरी काम गर्ने सम्बन्धमा गतवर्ष नै निर्णय भएको तर यही कम्पनीलाई दिने भन्ने निर्णय नभएको उनले बताए। 

नगरपालिकाले छ महिनाभित्र प्रस्ताव पेस गर्न लगानीकर्तालाई आग्रह मात्रै गरेको जनाएको छ।

उनले भने, ‘मानुङकोटको पूर्वपट्टीको जग्गा व्यास हिल्सले खरिद गर्न पहल मात्रै गरेको हो।’

उक्त जग्गाको लागि लागि रु चार अर्ब प्रस्ताव पेस गरेको बताउँदै नगरपालिकाको तर्फबाट के कति दिने भन्नेबारे कुनै घोषणा र निर्णय नगरिएको उनले बताए। 

योजना आयोगका पूर्वउपाध्यक्ष, कम्पनी ऐनका विशेषज्ञ सहितको टोली खटाएर अहिले मानुङ क्षेत्रको अध्ययन गरिरहेको नगरपालिकाले जनाएको छ।

ऐलानी जग्गा नेपाल सरकारको स्वीकृतिबिना नगरपालिकाले मात्रै दिन नमिल्ने हुँदा अध्ययन गरेर नगरपालिकाको हित कसरी हुन्छ त्यसको बारेमा अध्ययन गर्ने कार्य भइरहेको नगरप्रमुख न्यौपानेले बताए।

सम्बन्धित लगानीकर्तालाई प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ।

उक्त प्रस्ताव प्रस्तुत गर्ने अवसरमा पत्रकार, सरोकारवाला निकाय सबैलाई बोलाएर सार्वजनिक गराइने छ।

उनले भने, ‘यस विषयमा नगरपालिकाको कुन कम्पनी या व्यक्तिलाई दिने भन्ने बारेमा कुनै निर्णय भएको छैन।’

यदि कानुनले बाधा पुग्दैन भने मानुङको विकास परियोजनामा लगानीकर्ताका रूपमा व्यास हिल्सले उक्त स्थानको वातावरण अध्ययन गर्ने कार्य गरिरहेको हुँदा उक्त कम्पनीले लगानी गर्न सक्ने उनले बताए। 

पर्यटकीय गाउँ बनाउन युवा कस्सिए  

जिल्लाको म्याग्दे गाउँपालिका–१ स्थित दभुङलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न यहाँका युवा लागेका छन्।

पर्यटकीय सम्भावना रहेको चण्डीदेवी मन्दिर, पान्धारे बाराही मन्दिरलगायतका क्षेत्रको गुरूयोजना बनाएर विकास  गर्न युवा अघि बढेका हुन्।

सदरमुकाम दमौलीबाट छोटो दूरीमा रहेर पनि बत्तीमुनिको अँध्यारो बनेको भन्दै युवा जागरूक बनेको चण्डीदेवी अक्षयकोष समितिका सचिव सन्तकुमार श्रेष्ठले बताए।

पान्धारे बाराही मन्दिरदेखि चण्डी मन्दिरसम्म पैदलमार्ग निर्माण गर्ने योजना अनुरूप प्रक्रिया अघि बढाइएको उनले बताए। पान्धारेको पानी लिफ्टिङ गरी चण्डी मन्दिरसम्म पुर्‍याइनेछ।

उनले भने, ‘गाउँका खोल्साखाल्सीमा रहेको झरनालाई प्रचारप्रसार गरी क्यानोनिङको रूपमा विकास गर्न लागिएको छ।’

अटुट रूपमा बगिरहने पानीको मूल रहेकोले पशुपंक्षी तथा माछापालन गरी व्यवसाय सञ्चालन गर्न सकिने पान्धारे बाराही मन्दिर संरक्षण समितिका सचिव बसन्तकुमार श्रेष्ठले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार