• शनिबार, असोज ३ २०८३

बागमतीमा फ्रेन्डसीप क्याम्प सम्पन्न


सोमबार, पुष २६ २०७८
745
Shares

मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँपालिका १ स्थित सूर्य माध्यमिक विद्यालयमा तीन दिने फ्रेन्डसीप क्याम्प आइतबार सम्पन्न भएको छ ।

स्थानीय पालिका स्काउट संरक्षक एवं बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा क्याम्पको समापन भएको हो । क्याम्पमा सूर्य मावि बागमती १, सुनौला मावि थाहा १, जनकल्याण मावि थाहा ३,देवकी मावि बागमती ५ र बागमती मावि बागमती २ गरी पाँच विद्यालयबाट छात्रा८२ र छात्र ८४ जना गरी १६६ जना विद्यार्थी सहभागी थिए ।

क्याम्पमा संचालित प्रतियोगिताहरुमा नटिंगतर्फ देवकी स्काउट ट्रुप प्रथम, सूर्यस्काउट ट्रुप दोस्रो र सुनौला स्काउट ट्रुप तेस्रो भए । नृत्य प्रतियोगितामाजनकल्याण स्काउट ट्रुप प्रथम, सुनौला स्काउट ट्रुप दोस्रो र सूर्य स्काउट ट्रुप तेस्रो भए । हाजिरीजवाफ प्रतियोगिता र मार्च पासमा सुनौला स्काउट ट्रुपले प्रथमस्थान हासिल गर्न सफल भयो ।तीन दिने क्याम्पमा टनेल, वाकिब अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिब,बिम क्लाइम्बिब, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतकानौं प्रकारका साहसिक खेलहरुको अभ्यास गराईएको थियो ।

गाउँपालिका अध्यक्षघलानले विद्यालयस्तरमा स्काउट संचालन गर्न आवश्यक आर्थिक सहयोग गर्ने प्रतिवद्धताजनाए । स्काउटलाई पालिका भरिका विद्यालयमा पु¥याउन आवश्यक छ,’ उनले भने, त्यसका लागि पालिकाको तर्फबाट गर्नुपर्ने आवश्यक कार्य गर्न हामी तयार छौ ।’ स्काउटको महत्व सबै क्षेत्रमा रहेको भन्दै उनले नेपाल स्काउट र प्रदेशस्काउटबाट विद्यालयहरुमा नियमित तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि एवं बागमती प्रदेश स्काउटका सदस्य एवं सचिवालय सदस्यअशोक सारु मगरले कोभिडको संक्रमणले प्रभाव नपारे प्रदेश स्काउटबाट चरणबद्धरुपमा तालिमहरु संचालन गरिने जानकारी दिए। सूर्य स्काउट ट्रुपको संरक्षक एवंसूर्य माविका प्रधानध्यापक रत्नबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रमोद राईले गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश स्काउट सदस्यहरु महेन्द्र राना र सौरभ अधिकारी, वडासदस्य काजिमान भोलन, स्काउटर नरेश अवाले, चन्द्रबहादुर थापा, हर्कबहादुर राई,डोरबहादुर थापा, रोवरहरु अनिल आचार्य, जोन पहाडी, स्काउट शिक्षकहरु राजकुमारराई, किशोर श्रेष्ठ, देवेन्द्र गोपाली, मिना महर्जन, पदमबहादुर बडुवाललगायतको आतिथ्य रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार