• शनिबार, असोज ३ २०८३

आजदेखि प्रधानमन्त्री कप क्रिकेट सुरु हुँदै


सोमबार, पुष २६ २०७८
1.3K
Shares

सोमबारदेखि प्रधानमन्त्री कप क्रिकेट सुरु हुँदै छ। पहिलो दिन सोमबार चार खेल हुँदैछन्। जसमध्ये दुई खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ भने दुई खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुनेछ। 

कीर्तिपुरमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरमै हुने दोस्रो खेलमा एपीएफ क्लब र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ। 

त्यस्तै सोमबार मूलपानीमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ। सोही मैदानमा हुने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

झण्डै ८ वर्षपछि हुन लागेको टी२० राष्ट्रिय प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी समग्रमा १० टोलीले सहभागी हुनेछन्। 

१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा साबिक विजेता त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ छन्।

समूह बी मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। हरेक समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार